कमाइमा रोनाल्डोलाई उछिन्दै शीर्ष स्थानमा मेस्सी
विश्वको उत्कृष्ट फुटबल खेलाडी मेस्सी कि रोनाल्डो भन्ने बहस विश्व फुटबलमा कायमै हुँदा पछिल्लो पटक कमाइको मामलामा भने लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।
बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले एक महिनाको सात दशमलब तीन मिलियन पाउण्ड पाउने गरेका छन् । जुन युभेन्टसले रोनाल्डोलाई दिने रकमभन्दा झण्डै दोब्बर रकम हो ।
फ्रान्सेली न्यूज एजेन्सीले सार्वजनिक गरेको उत्कृष्ट १० खेलाडीको तलबमा तीन देशबाट व्यवसायिक फुटबल खेलिरहेका खेलाडी नै छन् । जसमा स्पेन, फ्रान्स र इटली रहेका छन् । जसअनुसार मेस्सीले सात दशमलब तीन मिलियन पाउण्ड पाउने गरेका छन् भने रोनाल्डोलाई युभेन्टस्ले महिनाको चार दशमलब एक मिलियन पाउण्ड दिने गरेको छ ।
तेस्रो स्थानमा एट्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यान रहेका छन । ग्रिजम्यानले महिनाको दुई दशमलब नौ मिलियन पाउण्ड तलब पाउने गरेका छन ।यस्तै पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका नेइमारले महिनाको दुई दशमलब सात मिलियन पाउण्ड पाउँछन् भने बार्सिलोनाका कै अर्का खेलाडी लुइस स्वारेजले महिनाको दुई दशलमब पाँच मिलियन पाउण्ड कमाउँछन् । यस्तै रियल मड्रिडका ग्यारेथ बेलले महिनाको दुई दशलमब दुई मिलियन पाउण्ड थाप्दा फिलिप कोउन्टिन्होले दुई मिलियन तलब पाउँछन् ।
February 8, 2019 11:23 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)