ब्राजिलियन प्रशिक्षक भन्छन्- नेयमारलाई आराम आवश्यक छ
एजेन्सी, १० असार । फिफा विश्वकप २०१८ मा सहभागी ब्राजिलियन टिमका प्रशिक्षक टिटेले ब्राजिलियन स्टार नेयमारलाई केही समय आराम चाहिएको बताएका छन् ।‘अहिले नेयमारलाई स्वतन्त्ररुपमा छाड्नुपर्छ,’ पछिल्ला दुई खेलपछि उनले भने, ‘नेयमारजस्तो खेलाडीलाई बढी दबाब पनि दिन मिल्दैन ।’ उनले नेयमारलाई आगामी खेलमा मैदान बाहिरै राख्ने संकेत गर्दै भने, ‘हामी सबैलाई थाहा छ, नेयमार एक म्याच विनर खेलाडी हुन् । सधैँ एकनासको प्रदर्शन खोज्नु हाम्रो गल्ती हो ।’
नेयमारले पनि सबैले जस्तै मानवीय गल्ती गरेको उनको टिप्पणी थियो । पछिल्लो खेलमा उनले पहेंलो कार्ड पाएका थिए । यसबारे उनले भने, ‘मानवीय गल्ती भइहाल्छ । नेमारले नि पछिल्ला दुई खेलमा यस्तै गरेको पाएँ । अब उसलाई केही आराम जरुरी भएको महसुस गरेको छु ।’विश्वकप २०१४ मा डाढमा समस्या देखिएपछि आराम गरेका नेयमारको पछिल्लो समय खुट्टा भाँचिएको थियो । खुट्टामा दुःखाईका बावजुद पनि उनी मैदानमा उत्रिरहेका छन् ।
June 24, 2018 12:53 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)