युनाइटेड विरुद्ध जित निकाल्यो पिएसजीले (भिडियो सहित)
झापा । युरोपको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित दर्ता गरेको छ । बुधबार बिहान भएको खेलमा पिएसजीले उपाधिको दाबेदार मानिएको टोली इगंल्यान्डको क्लब म्यानचेष्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो ।
अन्तिम १६ को पहिलो लेगअन्तर्गतको खेलमा स्टार खेलाडीद्वय नेयमार र इडिन्सन काभानी बिनै मैदान उत्रिएको पिएसजीले युनाइटेडलाई हराएको हो । युनाइटेडको घरेलु मैदानमा भएको सो खेलमा पिएसजीलाई जित दिलाउन युवा खेलाडी किलियन एम्बाप्पे र क्रिस्नेल किम्पेम्बेले समान एक–एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको पिएसजीले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्यो । खेलको ५३ औं मिनेटमा आफुले पाएको कर्नरलाई राम्रोसँग सदुपयोग गर्दै पी केम्पेम्बेले टोलीलाई १-० को अग्रता दिलाएका थिए । यस्तै खेलको ६० औं मिनेटमा डि मारियाको पासमा केलिन एम्बाप्पेले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई २-०को अग्रता दिलाए ।
आफ्नै घरेलु मैदानमा निकै दवाबमा रहेको युनाइटेडले सोचेभन्दा फितलो प्रदर्शन गरेको थियो । पहिलो हाफमै उसका स्टार खेलाडी जेसे लिंगार्ड घाइते भएका थिए । उनलाई प्रतिस्थापन गर्दै चिलियन सुपरस्टार एलेक्सिस सान्चेज मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा एन्थोनी मर्सियालको ठाउँमा जुआन माटा मैदान छिरेपनि टिमलाई जित दिलाउँन सकेनन्। पिएसजीले भने कुनैपनि खेलाडी परिवर्तन गरेन ।
युनाइटेडका पल पोग्बा ८९ औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । उनले २६ औं मिनेटमा पहिलो पहेलो कार्ड खाएका थिए । च्याम्पियन्स लिगको राउण्ड अफ १६ अन्तर्गत भएको खेलको पहिलो लिगमा युनाइटेडविरुद्ध जित निकाल्दै पिएसजीले अर्को चरणमा जाने आफ्नो सम्भावनालाई प्रवल बनाएको छ भने लिगको अर्को खेलमा आफ्ना निकै मत्वपुर्ण खेलाडीबिनानै मैदान उत्रिनुपर्ने बाध्यता युनाइटेडलाई रहने छ ।
यी दुईबीच लिगको दोस्रो खेल ७ मार्चमा पिएसजीको घरेलु मैदानमा हुनेछ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)