रियलले जित दर्ता गर्यो तर कप्तान रामोसले दोस्रो लेग खेल्न नपाउने (भिडियो सहित)
झापा । युरोपको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो साताअन्तर्गत भएको खेलमा रियल मड्रिडले डच क्लब अजाक्सलाई पराजित गरेको छ । अजाक्सको घरेलु मैदान आर्मस्टाडम एरिनामा भएको प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली रियलले २-१ को जित निकालेको हो ।
घरेलु मैदानको फाइदा उठाउँदै पहिलो हाफमा रियललाई दवाबमा राख्न सफल अजाक्सले गोल गर्ने केही महत्वपूर्ण अवसर पाएपनि गोल गर्नभने सकेन । पहिलो हाफमा निकै फित्तलो प्रदर्शन गरेको रियलले कुनै आक्रमण बुन्न सकेन । पहिलो हाफकै अन्त्यतिर अजाक्सले गोल गरेपनि भारले उक्त गोललाई मान्यता नदिँदा खेल गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको रियलले करिम बेन्जेमाको गोलको मद्दतले सुरुवाती अग्रता बनायो । ६० औं मिनेटमा भिनिसियस जुनियरले रक्षापङ्क्तिका खेलाडीलाई छक्याउँदै बनाएको पासमा बेन्जेमाले गोल गरेका थिए । तर, उक्त अग्रता धेरैबेर कायम रहन भने सकेन । खेलको ७५ औं मिनेटमा अजाक्सका लागि हाकिम जियेचले गोल गर्दै खेललाई १-१को बराबरीमा ल्याए । उनले डेबिड नेरेसको क्रसलाई गोलमा परिणत गरेका थिए ।
तर, दोस्रो हाफको निर्धारित समय सकिँन ३ मिनेट बाँकी छँदा रियलका मार्को असेन्सियोले डानी कर्भाहालको पासलाई सदुपयोग गर्दै गोल गरे र रियलले २-१ को अग्रता बनायो । त्यसपछि पनि घरेलु टोलीले गोल गर्ने केही राम्रा अवसर बनाएता पनि गोल गर्न नसक्दा खेल २-१ ले गुमायो ।
रियलका कप्तान सर्जियो रामोस भने समस्यामा परेका छन् । खेलको ८९ औं मिनेटमा पहेँलो कार्ड पाएका उनको यो जारी प्रतियोगितामामा यो दोस्रो पहेँलो कार्ड हो । फिफाको नियमअनुसार कुनै खेलाडीले एउटा प्रतियोगितामा दुईवटा पहेँलो कार्ड पाएमा उसले आगामी खेल खेल्न नपाउने व्यवस्था रहेको छ । सोहि नियमअनुसार रामोसले आफ्नै घरमा हुने दोस्रो लिगको खेल गुमाउने पक्का छ ।
February 14, 2019 11:18 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :