रियलले जित दर्ता गर्यो तर कप्तान रामोसले दोस्रो लेग खेल्न नपाउने (भिडियो सहित)
झापा । युरोपको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो साताअन्तर्गत भएको खेलमा रियल मड्रिडले डच क्लब अजाक्सलाई पराजित गरेको छ । अजाक्सको घरेलु मैदान आर्मस्टाडम एरिनामा भएको प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली रियलले २-१ को जित निकालेको हो ।
घरेलु मैदानको फाइदा उठाउँदै पहिलो हाफमा रियललाई दवाबमा राख्न सफल अजाक्सले गोल गर्ने केही महत्वपूर्ण अवसर पाएपनि गोल गर्नभने सकेन । पहिलो हाफमा निकै फित्तलो प्रदर्शन गरेको रियलले कुनै आक्रमण बुन्न सकेन । पहिलो हाफकै अन्त्यतिर अजाक्सले गोल गरेपनि भारले उक्त गोललाई मान्यता नदिँदा खेल गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको रियलले करिम बेन्जेमाको गोलको मद्दतले सुरुवाती अग्रता बनायो । ६० औं मिनेटमा भिनिसियस जुनियरले रक्षापङ्क्तिका खेलाडीलाई छक्याउँदै बनाएको पासमा बेन्जेमाले गोल गरेका थिए । तर, उक्त अग्रता धेरैबेर कायम रहन भने सकेन । खेलको ७५ औं मिनेटमा अजाक्सका लागि हाकिम जियेचले गोल गर्दै खेललाई १-१को बराबरीमा ल्याए । उनले डेबिड नेरेसको क्रसलाई गोलमा परिणत गरेका थिए ।
तर, दोस्रो हाफको निर्धारित समय सकिँन ३ मिनेट बाँकी छँदा रियलका मार्को असेन्सियोले डानी कर्भाहालको पासलाई सदुपयोग गर्दै गोल गरे र रियलले २-१ को अग्रता बनायो । त्यसपछि पनि घरेलु टोलीले गोल गर्ने केही राम्रा अवसर बनाएता पनि गोल गर्न नसक्दा खेल २-१ ले गुमायो ।
रियलका कप्तान सर्जियो रामोस भने समस्यामा परेका छन् । खेलको ८९ औं मिनेटमा पहेँलो कार्ड पाएका उनको यो जारी प्रतियोगितामामा यो दोस्रो पहेँलो कार्ड हो । फिफाको नियमअनुसार कुनै खेलाडीले एउटा प्रतियोगितामा दुईवटा पहेँलो कार्ड पाएमा उसले आगामी खेल खेल्न नपाउने व्यवस्था रहेको छ । सोहि नियमअनुसार रामोसले आफ्नै घरमा हुने दोस्रो लिगको खेल गुमाउने पक्का छ ।
February 14, 2019 11:18 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी