मुग्लिन – नारायणगढ सडकखण्ड अब ३० मिनेटमै पार गर्न सकिने
काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्डमा पहिलो तहको कालोपत्रे गर्ने काम सकिएको छ । दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम पनि केही दिनमै सक्ने तयारी छ ।
तीन खण्डमा ठेक्का लागेर काम थपिएको सडकमा हिजो पहिलो तहको कालोपत्रेको काम सकिएको आयोजनाका सूचना अधिकृत शिव खनालले जानकारी दिनुभयो । आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर लामो सडकखण्डमा बाँकी रहेको ६० मिटर कालोपत्रेको काम सकिएको हो । बाटोमा कुनै अवरोध नभए अब ३० मिनेटमा यो सडकखण्ड पार गर्न सकिने पनि खनालले जानकारी दिनुभयो ।
ठूला ट्रक र बसलाई भने सडक पार गर्न ४५ देखि ५० मिनेट लाग्नेछ । साना कार, जीप र भ्यान भने सजिलै पार हुन सक्छन् । मोटरसाइकलमा यात्रा गर्ने २५ मिनेटमै पार गर्न सक्छ । वर्षातमा पहिरो खसेर जोखिम ल्याउन सक्ने ठाउँमा आयोजनाले आफैँ पहिरो खसालेर जोखिम हटाउने काम गरिरहेको पनि खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार कालोपत्रेको काम सकिए पनि आयोजनाको सबै काम सक्न अझै केही दिन लाग्नेछ । सडक निर्माणको अरु कामका लागि भने अरु दिनजस्तै आज पनि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म गाडी रोकेर काम हुनेछ । एक दुई दिनपछि भने दैनिक रुपमा हुँदै आएको बन्द पनि हटाएर यात्रा सहज बनाउने तयारी भैरहेको खनालले जानकारी दिनुभयो । उज्यालो
June 6, 2018 8:54 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)