महिला टी–२० विश्वकप : मलेसियालाई नेपालले दियाे १२७ रनकाे टार्गेट
आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटमा नेपालले मलेसियालाई एक सय २७ रनको लक्ष्य दिएको छ ।थाइल्याण्डको बैककमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५विकेट गुमाउँदै एक सय २६ रन बनायो ।
नेपालले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो । तर काजल श्रेष्ठ १६ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालले ७१ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो ।
नेपालकी इन्दु बर्मा १३ रनमा आउट भइन । त्यसपछि नेपालका लागि आक्रामक पारी खेलिरहेकी सिता राना मगर ४२ रनमा बोल्डआउट हुँदा नेपालको स्कोर ९६ रन थियो ।
त्यसपछि पनि नेपाली खेलाडी नेरी थापा र रुबिना क्षेत्रीले नेपालको पारीलाई अगाडि बढाउन प्रयास गर्दा नेरी मात्र ६ रनमा रनआउट भइन । जसका कारण नेपालले एक सय १५ रनमा चौथो विकेट गुमायो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रनको योगदान गरिन् ।
February 19, 2019 11:00 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)