च्याम्पियन्स लिग : लिभरपुल र बायर्न बराबरीमा रोकिए
युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा लिभरपुल र बायर्न म्युनिखले गोलरहित बराबरी खेलेका छन् ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले तीन वटा उत्कृष्ट मौका पाए पनि गोल गर्न सकेन । घरेलु दर्शकको साथ पाएको लिभरपुलका साडियो मानेले पहिलो सुरुवातमा नै पाएको उत्कृष्ट मौका खेर फाले ।
त्यसपछि रोबेर्टो फेरमिन्होको पासमा जोयल मेटिपले डिबक्सभित्र पाएको अर्को मौकालाई सदुपयोग गर्न सकेनन् । त्यसपछि मेटिपले नै दोस्रो हाफमा बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल हुनबाट गोलकिपर एलिसोनले बचाउ ।
खेलको ८५ औँ मिनेटमा फेरि मानेले हेडमार्फत गरेको प्रहारलाई जर्मन टिमका डिफेन्डरले गोललाइनबाट बचाए । यता बायर्नले त्यस्तो डरलाग्दो मुभ बनाउन सकेन।
च्याम्पियन्स लिगको इतिहासमा नकआउट चरणमा बराबरी भएको यो ३१ औँ खेल हो । यस्तै बायर्नले पछिल्ला २६ अवे खेलमा दोस्रो बराबरी खेलेको छ ।
February 20, 2019 12:27 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :