Wednesday 27th May 2026

आज ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

7 years अगाडी

काठमाडौं । आज साताको चौँथो दिन बुधबार सुनको मुल्य ह्वात्तै बढेको छ। आज बुधबार छापावाल सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो मंगलबार ६२ हजार ७ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्यमा आज ६ सय रुपैयाँमा बढेको हो। त्यस्तै आज तेजावी सुनमा पनि ६ सय रुपैयाँले बढेको छ। आज तेजावी सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला ७८५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदीको भाउ ७७५ रुपैयाँ रहेको थियो। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          February 20, 2019 12:41 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...