अर्जेन्टिनाले क्रोएसियासँग हारेपछि २० वर्षीय नेपाली युवाले गरे आत्महत्याको प्रयास
पाँचथर, असार ११- रसियामा जारी विश्वकप फुटवलमा अर्जेन्टिनाका फ्यान रहेका पाँचथरका एक युवकले आत्म हत्या प्रयास गरेका छन ।
क्रोएसियासँग ३–० गोल अन्तरले अर्जेन्टिना पराजित भएपछि हारको पीडा सहन नसकेर जिल्लाको याङवरक गाँउ पालिका ५ का २० वर्षीय रामकुमार तावाले आत्महत्याको प्रयास गरेका हुन ।
उनका भाई लक्ष्मणका अनुसार खेलकुदका निकै हिमायति रामले अर्जेन्टिनाको हारपछि रातीदेखि नै पटक पटक आत्म हत्या प्रयास गरिरहेका थिए । ‘म व्राजिलको पक्षमा वकालत गर्थे भने दाई अर्जेन्टिनाका पक्षमा वकालत गर्थे, यसैविच गएराती अर्जेन्टिनाले क्रोएसियासँग पराजित भएपछि उनी निकै भावुक वने ।’ लक्ष्मणले भने ।
दिनभरी आफुसँगै रहेका दाजुले एक्लै हुनासाथ दिँउसो ३ वजे घरको तलामाथि चढेर घाँटीमा डोरी लगाइ आत्महत्याको प्रयास गरेका थिए |डोरी लगाएर सिलिङमा झुण्डिएपछि आफुहरुले देखेर उद्धार गरी अस्पताल ल्याएको पनि उनको भनाई छ ।
गम्भिर अवस्थामा रहेका तावाको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि झापा तर्फ रेफर गर्नका साथै घट्नाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
June 25, 2018 6:14 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने