महिला टी–२० विश्वकप छनाैट : नेपालकाे शानदार बलिङ, यूएई ४१ रनमै अलआउट
आईसीसी टी–२० महिला तथा एकदिवसीय विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपाललाई यूएईले ४२ रनको लक्ष्य दिएको छ टस जितेर ब्याटिङ रोजेको यूएईले १७ ओभर ३ बलमा आफ्ना सबै विकेट गुमाउँदै ४१ रन बनाएको हो । यूएईका लागि सीआर सेनेविरत्नाले सर्वाधिक १३ रन बनाइन् ।
यूएईका तीन जना ब्याट्सवुमेनले खाता नै खोल्न नसक्दा सात जना ब्याट्सवुमेनले दोहोरो अंकमा रन बनाउनै सकेनन् नेपालले सुरुवातदेखि नै यूएईलाई दबाबमा राख्न सफल भयो । जसमा उसले युएईको १० रन हुँदा तीन विकेट झार्यो । ओपनर छायाँ मुघल तीन रनमा आउट भइन भने इशा ओजा मात्र दुई रनमा आउट भइन् ।
त्यसपछि काभिसा पनि चार रनमा पेभेलियन फर्किइन । त्यसपछि कप्तान हुमेइरा तास्विन एक रनमा पेभेलियन फर्किदा उसले १२ रनमा चाैथाे विकेट खेर फाल्याे । त्यसपछि शुभा मात्र तीन रनमा बाहिरिइन् भने लगत्तै उडेनी डाेना पनि खाता खाेल्न नपाउँदै पेभेलियन फर्किदा यूएईले १८ रनमा ६ विकेट खेर फाल्याे ।
एकपछि अर्काे विकेट गुमाएकाे युएइले ३५ रन हुँदा साताैं विकेट खेर फाल्याे । सेनेविरत्नाले १३ रन बनाए पनि त्यसपछि उसले अरू ६ रन जाेड्दा थप चार विकेट गुमायाे । नेपालका लागि नेरी थापाले ४ विकेट लिइन् । ३ ओभर ३ बल बलिङ गरेकी नेरीले एक ओभर मेडन राख्दै मात्रै ६ रन खर्चेकी थिइन् । नेपालका लागि सिता रानामगर, साेनु खड्का र कविता कुवँरले कसिलो बलिङ गर्दै दुई-दुई विकेट लिए ।
February 22, 2019 10:27 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)