कीर्तिमानी प्रदर्शनसँगै अफगानिस्तानले आयरल्याण्डविरुद्धकाे सिरिज जित्याे
अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेटमा धेरै कीर्तिमान बनेको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई ८४ रनले पराजित गरेको छ । जितसँगै तीन खेलकाे सिरिज अफगानिस्तानले आफ्नो पक्षमा पारेको छ ।
शनिबार देहरादुनस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय ७८ रन बनायो । यो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक स्कोर हो ।
अफगानिस्तानका लागि हज्रतुल्लाह जाजाई र उस्मान घानीले पहिलो विकेटका लागि २३६ रनको साझेदारी गरे । यो अर्को कीर्तिमान हो भने जाजाईले ६२ बलमा ११ चौका र १६ छक्काको सहयोगमा अविजित १६२ रनको सानदार पारी खेले ।
यो रन अष्ट्रेलियाका अरोन फिन्चको नाममा रहेको सर्बाधिक रनको कीर्तिमानभन्दा १० रन कम हो । गएको वर्षको जुलाइमा जिम्बाबेबिरुद्ध फिन्च र डिआर्कीले बनाएको पहिलो विकेटको २२३ रनको कीर्तिमान भने तोडिएको हो ।
अफगानिस्तानका लागि घानीले ७३ रन बनाएका थिए । उनले ४८ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।
२७९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १९४ रनमात्र बनाउन सक्यो । कप्तान पाउल स्टर्लिङ र केभिन ओब्रायनले पहिलो विकेटका लागि ११.५ ओभरमा १२६ रनको साझेदारी गरेर टिमको आशा जगाएका थिए ।
तर, १२औं ओभरपछि बलिङमा आएका रशिद खानले आफ्नो चार ओभरको स्पेलमा २५ रन खर्चेर ४ विकेट लिएपछि आयरल्याण्ड सुस्तायो र ८४ रनको हार बेहोर्यो ।
यो जितसँगै अफगानिस्तानले तीन खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा अफगानिस्तान ४ रनले विजयी भएको थियो ,।
February 24, 2019 11:22 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)