Wednesday 20th May 2026

यही सिजन प्रिमियर लिगमा नउक्लिए लिड्स युनाइटेडका मालिकले क्लब बच्ने

7 years अगाडी

इंग्लिस क्लब लिड्सका मालिक आन्द्रे राद्रिजानीले टिम यो सिजन प्रिमियर लिगमा नउक्लिएमा बिक्री गर्ने बताएका छन् ।लिड्स युनाइटेडका मालिक आफ्नो क्लब यो सिजन पनि प्रिमियर लिगमा नउक्लिएमा बिक्री गरेर फुटबलबाट बाहिरिने मनसायमा पुगेको स्पोर्टस मेलले जनाएको छ ।

इटालियन नागरिक आन्द्रेले आफ्नो क्लबको मुल्य दुई सय मिलियन पाउण्ड राखेको बताइएको छ । उनले अर्को सिजनमा खेलाडीमाथि खर्च गर्न निकै कठिन रहेको बताएका छन् । शीर्ष डिभिजन नपुगेमा आफू क्लब बेच्नेमा पुगेको उनले बताए ।

क्लबका प्रशिक्षक मार्सेलो बिल्सालाई तीन दशमलव चार मिलियन पाउण्ड वर्षको दिइएको छ । उनको पुरै स्टाफमा ६ मिलियन पाउण्ड खर्च हुन्छ ।

          February 26, 2019 11:05 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...