एनआरटिएनसि नेपाली समाज साउदी अरबको चौथो अधिबेशन सम्पन्न ।
तेज थापा,
साउदी अरब – एनआरटिएनसि नेपाली समाज साउदी अरबको चौथो अधिबेशनले बिष्णु पोख्रेलको अध्यक्षतामा १३ सदस्यिय समिति निर्बिरोध चयन गरेको छ । देवि खतिवडा बरिष्ठ उपाध्यक्ष रहेको सो समितिमा उपाध्यक्षमा कमल थापा र महासचिवमा पेशल कुमार राइ निर्वाचित भएका छन् । त्यसैगरि मोहित साफी सचिव, मिन कुमार कोङ्गरेन सहसचिव, नरेश कुमार यादव कोषाध्यक्ष, त्रिबेणी महत्तो सहकोषाध्यक्ष र खेमराज आचार्य प्रवक्तामा छनौट भएका छन् भने केन्द्रिय सदस्यहरूमा पवितर मण्डल, रामऔतार मुखिया, रामलखन शाह, प्रेम कुमार पासवान, हर्क लिम्बु, बाबुराम रानाभाट रहेका छन् ।

संस्थापक अध्यक्ष राम गुरूङ, उपाध्यक्ष तेज थापा, कोषाध्यक्ष खिम गर्वुजा, सहकोषाध्यक्ष रतन लिम्बु, सल्लाहकार ओम घले, डमर यावदको अतिथ्यमा महाधिबेशन गत गत शुक्रबार साउदी अरबको पूर्वी प्रान्त अल-खोबर स्थित क्लासिक होटेलमा सम्पन्न भएको थियो । निबर्तमान अध्यक्ष प्रेम थापा सभापतित्व रहेको कार्यक्रमलाइ महासचिव धन मेचे र प्रबक्ता पेशल कुमार राइले संचालन गरेका थिए ।

प्रवासमा भइपरि आउन सक्ने आपत-बिपतहरूलाइ एक-आपसमा सहयोग पुर्याउने उदेश्यले सन २०१० एनआरटिएनसि नेपाली समाजको स्थापना भएको निवर्तमान महासचिव धन मेचेले जानकारी दिए । मेचेका भनाइ अनुसार मृगौला पिडित समाजका सदस्य नर ब. गुरुङको मृगौला प्रत्यारोपणका लागि पचास हजार रूपैया नगद सहयोग गरिएको, सडक दुर्घटनामापरि पिता र भाइको मृत्यु भएका दुरामशोभित मण्डललाइ ९१३/- नगद साउदी रियाल सहयोग गरिएको, दुबै मृगौला खराव भै मृत्यु भएका हर्क ब. थापाको श्रीमती देउकला थापालाइ नदगद ९० हजार ६ सय रुपैया सहयोग गरिएको हामिलाइ बताए ।

मेचेले थपे “साउदी अरब मात्रै नभएर नेपालमा भएका दैबिक प्रकोप र महाभुकम्पहरूमा समेत समाजले सहयोग र राहात उपलव्ध गराउदै आएकोछ – महा-भुकम्पद्वारा क्षतिग्रस्त घरहरू पुनरनिर्माण गर्न समाजले प्रतिक अधिकारी, ओम घले र नर ब. गुरुङ लगायतका सदस्यहरूलाइ जनही पच्चिस हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको, भुकम्पद्वारा क्षेत्रिग्रस्त बिध्यालयहरूलाइ पाचलाख रूपैया नगद जुटाइ विधालय भवन निर्माणका लागि टिनका जस्ता पाताहरु समेत वितरण गरिएको जनाए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने