अन्तिम १६ बाटै बाहिरियाे रियल मड्रिड
सर्वाधिक सफल क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगकाे यात्रा टुंगिएकाे छ । मंगलबार राति भएको प्रिक्वाटरफाइलनको दोस्रो लेगमा घरेलु मैदानमा चार–एकको हार ब्यहोर्दै १३ पटकको च्याम्पियन रियल समग्रमा पाँच–तीन गोलअन्तरले पराजित भयो ।
पहिलो लेगमा घरेलु मैदानमा दुई एकले हारेको आयाक्सले रियलको मैदानमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । च्याम्पियन्स लिगमा २२ वर्षपछि नकआउट चरणमा पुगेको आयाक्सले १० खेलाडीमा झरेको रियललाई चार–एक गोलले हरायो ।
पछिल्लो १३ वर्षमा आयाक्स च्याम्पियन्स लिगको नकआउट चरणमा पहिलो पटक रियलसँग खेलेको थियो । जसमा उसले रियललाई उसकै मैदानमा स्तब्ध बनायो । खेलको सातौँ मिनेटमा नै जेइचले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए ।
त्यसपछि १८ औं मिनेटमा डेवीड निकीसले आयाक्सको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलको अग्रता बनाएको रियलविरुद्ध आयाक्सले ६२औं मिनेटमा तेस्रो गोल गर्यो । यसपटक उसका लागि डुसान टाडीकले गोल गरे । ७० औं मिनेटमा मार्को एसेन्सीयो गोल गर्दै रियलको आशा जनाएका थिए ।
तर त्यसको दुई मिेनटपछि नै आयाक्सका सोनीले गोल गर्दै खेलमा चार एकको जित दिलाए । जसका कारण पहिलो लेगको अग्रतालाई रियलले जोगाउन सकेन र घरेलु मैदानमा लगातार चार खेलमा पराजित भयो ।
रियल घरेलु मैदानमा यसरी हारेको सन् २००४ पछि पहिलो पटक हो भने सन् २०१० पछि नकआउट चरणमा पुग्न असफल भएको हो । यता आयाक्स २००६ पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।
March 6, 2019 1:25 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :