

यूईएफए युरोपा लिग : चेल्सीको सहज जित, रेनेससँग हार्याे आर्सनल

यूईएफए युरोपा लिगको पहिलो लेगमा चेल्सीले डाइनामो किभलाई तीन शून्यले पराजित गरेको छ । घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको जितमा पेद्रो, विलियन र हुडसोन ओडेइले एक–एक गोल गरे ।
घरेलु दर्शक माझ चेल्सीले १७ औं मिनेटमा पेद्रोको गोलमार्फत खेलमा अग्रता बनायो । उनले ओलिभर जिरुडको पासको सदुपयोग गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाउको चेल्सीले ६५ औं मिनेटमा दोस्रो गोल गर्याे ।
यसपटक उसका लागि विलियनले गोल गरे । त्यसपछि ९० औं मिनेटमा ओडोइले गोल गर्दै तीन शून्यको सहज जित दिलाए । चेल्सीले अब दोस्रो लेगको खेल डाइनामोको मैदानमा खेल्नेछ । यो जितले चेल्सीका प्रशिक्षक माउरीजीयो सारीलाई केही राहत भएको छ । यस्तै अर्को खेलमा आर्सनल भने रेनेससँग तीन एकले पराजित हुन पुग्यो । रेनेसको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको आर्सनलविरुद्ध एक गोलको अग्रता उल्टयाएको हो ।
खेलको तेस्रो मिनेटमा नै आर्सनलले एलेक्स वाबीको गोलमा अग्रता बनाएको थियो । तर ४२ औं मिनेटमा बेन्जामिनले गोल गर्दै खेल बराबरीमा पुर्याए । ४१ औं मिनेटमा सोक्रासित दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरीएपछि आर्सनल १० खेलाडीमा झर्न पुग्यो ।
त्यसमा पनि ६५ औं मिनेटमा मोनरियलले आत्मघाती गोल गरेपछि आर्सनल दुई एकले पछि पर्यो । एक खेलाडी कम भएको फाइदा उठाउदै रेनेसले ८८ औं मिनेटमा तेस्रो गोल थप्यो । यसपटक उसका लागि सारले गोल गरे । त्यसपछि आर्सनललाई खेलमा फर्कन मौका मिलेन र पराजित भयो ।
March 8, 2019 12:15 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन

नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पिडितलाई १ लाख ९० हजार रुपैयाँ आर्थिक सहयोग ।

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

