यूईएफए युरोपा लिग : चेल्सीको सहज जित, रेनेससँग हार्याे आर्सनल
यूईएफए युरोपा लिगको पहिलो लेगमा चेल्सीले डाइनामो किभलाई तीन शून्यले पराजित गरेको छ । घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको जितमा पेद्रो, विलियन र हुडसोन ओडेइले एक–एक गोल गरे ।
घरेलु दर्शक माझ चेल्सीले १७ औं मिनेटमा पेद्रोको गोलमार्फत खेलमा अग्रता बनायो । उनले ओलिभर जिरुडको पासको सदुपयोग गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाउको चेल्सीले ६५ औं मिनेटमा दोस्रो गोल गर्याे ।
यसपटक उसका लागि विलियनले गोल गरे । त्यसपछि ९० औं मिनेटमा ओडोइले गोल गर्दै तीन शून्यको सहज जित दिलाए । चेल्सीले अब दोस्रो लेगको खेल डाइनामोको मैदानमा खेल्नेछ । यो जितले चेल्सीका प्रशिक्षक माउरीजीयो सारीलाई केही राहत भएको छ । यस्तै अर्को खेलमा आर्सनल भने रेनेससँग तीन एकले पराजित हुन पुग्यो । रेनेसको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको आर्सनलविरुद्ध एक गोलको अग्रता उल्टयाएको हो ।
खेलको तेस्रो मिनेटमा नै आर्सनलले एलेक्स वाबीको गोलमा अग्रता बनाएको थियो । तर ४२ औं मिनेटमा बेन्जामिनले गोल गर्दै खेल बराबरीमा पुर्याए । ४१ औं मिनेटमा सोक्रासित दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरीएपछि आर्सनल १० खेलाडीमा झर्न पुग्यो ।
त्यसमा पनि ६५ औं मिनेटमा मोनरियलले आत्मघाती गोल गरेपछि आर्सनल दुई एकले पछि पर्यो । एक खेलाडी कम भएको फाइदा उठाउदै रेनेसले ८८ औं मिनेटमा तेस्रो गोल थप्यो । यसपटक उसका लागि सारले गोल गरे । त्यसपछि आर्सनललाई खेलमा फर्कन मौका मिलेन र पराजित भयो ।
March 8, 2019 12:15 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)