Monday 24th February 2025

रहिम स्टर्लिङको ह्याट्रिक, म्यानचेस्टर सिटीले वाटफोर्डलाई ३-१ गोलले हरायो

6 years अगाडी

रहिम स्टर्लिङले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेपछि म्यानचेस्टर सिटीले वाटफोर्डलाई ३-१ गोलले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । तर, स्टर्लिङको पहिलो गोल भने विवादित बनेको थियो ।

पहिलो हाफका गोलरहित बराबरी भए पनि दोस्रो हाफको सुरुमै स्टर्लिङले गोल गरे । सर्जियो एग्युरोको फ्लिक पासमा उनले गोल गरेका हुन् । तर, एग्युरोले बल होल्ड गर्दा स्टर्लिङ स्पष्ट रुपमा अफसाइड पोजिसनमा थिए ।

लाइन्सम्यानले झण्डा पनि उचालिसकेका थिए । तर, आफ्ना सहकर्मी अधिकारीसँगको लामो छलफलपछि रेफ्री पाउल टायरनेले आफ्नो निर्णय दिए । स्टर्लिङको दोस्रो गोलमा भने कुनै समस्या भएन । जुन पहिलो गोलको ४ मिनेटपछि नै भएको थियो ।

रियद मेहेरेजको क्रसमा ट्याप गरी उनले गोल गरेका थिए । ५९औं मिनेटमा २४ वर्षीय इंग्लिस स्ट्राइकरले ह्याट्रिक पूरा गरे । सिजनमा उनको यो १८औं गोल हो । जितसँगै सिटीले ३० खेलबाट ७४ अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुुलको ७० अंक छ ।

          March 10, 2019 10:24 am | खेलकुद



प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...