रहिम स्टर्लिङको ह्याट्रिक, म्यानचेस्टर सिटीले वाटफोर्डलाई ३-१ गोलले हरायो
रहिम स्टर्लिङले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेपछि म्यानचेस्टर सिटीले वाटफोर्डलाई ३-१ गोलले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । तर, स्टर्लिङको पहिलो गोल भने विवादित बनेको थियो ।
पहिलो हाफका गोलरहित बराबरी भए पनि दोस्रो हाफको सुरुमै स्टर्लिङले गोल गरे । सर्जियो एग्युरोको फ्लिक पासमा उनले गोल गरेका हुन् । तर, एग्युरोले बल होल्ड गर्दा स्टर्लिङ स्पष्ट रुपमा अफसाइड पोजिसनमा थिए ।
लाइन्सम्यानले झण्डा पनि उचालिसकेका थिए । तर, आफ्ना सहकर्मी अधिकारीसँगको लामो छलफलपछि रेफ्री पाउल टायरनेले आफ्नो निर्णय दिए । स्टर्लिङको दोस्रो गोलमा भने कुनै समस्या भएन । जुन पहिलो गोलको ४ मिनेटपछि नै भएको थियो ।
रियद मेहेरेजको क्रसमा ट्याप गरी उनले गोल गरेका थिए । ५९औं मिनेटमा २४ वर्षीय इंग्लिस स्ट्राइकरले ह्याट्रिक पूरा गरे । सिजनमा उनको यो १८औं गोल हो । जितसँगै सिटीले ३० खेलबाट ७४ अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुुलको ७० अंक छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)