साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा नेपाल र भुटान खेल्ने
मोरङ – साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुँदैछ । प्रतियोगिता विराटनगरको शहीद रंगशालामा हुनेछ ।
महिला फुटबल प्रतियोगिताका सम्पुर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ । मंगलबार दिउँसो एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता सुरु गर्न लागिएको छ ।
प्रतियोगितामा सहभागी टिमका कोचसहित क्याप्टेनको उपस्थितिमा सोमबार विराटनगरमा पत्रकारसम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले ट्रफीसमेत सार्वजनिक गरिसकेको छ ।
दिउँसो २ बजे उद्घाटन कार्यक्रमको आयोजना गरिएको छ । तर पहिलो उद्घाटन खेल भने ३ बजे पछि सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स, बंगलादेशका टिमहरु सहभागी हुँदैछन् । अहिले ६ वटै देशका राष्ट्रिय टिमहरु विराटनगर आइसकेका छन् । प्रतियोगिताको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।
साफ महिला च्याम्पियनसिपको पाचौँ संस्करणसम्म आइपुग्दा नेपाल र भूटान दुई पटक आमनेसामने भएका छन् । जसमा नेपालले दुवै खेलमा जित हात पारेको छ ।
March 12, 2019 12:23 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी