बलिउड फिल्म ‘कलंक’को टिजर सार्वजनिक : अप्रिल १७ बाट प्रदर्शनमा आउने
फिल्म निर्माता करण जोहरको बहुप्रतिक्षित फिल्म ‘कलंक’को टिजर सार्वजनिक भएको छ । फिल्म ‘कलंक’ को यस टिजरमा अभिनेता सञ्जय दत्त, माधुरी दीक्षित, आदित्य रोय कपूर, सोनाक्षी सिन्हा, वरुण धवन र आलिया भट्ट मुख्य भूमिकामा देखिएका छन् ।
टिजरमा सुरुमा अभिनेता आदित्य रोय कपूर र आलिया भट्टको विवाह भइरहेको देखाइएको छ भने आलिया भट्ट र वरुण धवनबीचको केमेस्ट्री देखाइएको छ । टिजरमा धेरै डायलग नभए पनि भएका २/३ वटा डायलगबाटै यो फिल्म निकै उत्कृष्ट होला भन्ने अनुमान लगाउन सकिन्छ ।
यस फिल्ममा कलाकारहरुको जीवन्त अभिनयका साथै फिल्मको सेट पनि भव्यताका साथ प्रस्तुत छ । फिल्ममा बलिउडकी ‘धकधक गर्ल’ माधुरी दीक्षितको डान्सको कोरियोग्राफ सरोज खानले गरेकी छिन ।
टिजर सार्वजनिक भएसँगै दर्शकहरुमाझ यस फिल्म प्रतिको उत्सुकता अझै बढाइदिएको छ । अभिषेक वर्मनको निर्देशन रहेको फिल्म ‘कलंक’ २०१९ को अप्रिल १७ मा रिलिज हुनेछ ।
March 13, 2019 10:07 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री