Monday 24th February 2025

रोनाल्डोको ह्याट्रिक, युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

6 years अगाडी

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतते युभेन्टस एट्लेटिको मड्रिडलाई पाखा लगाउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले पराजित गर्दै समग्रमा ३–२ गोलले युभेन्टसले अन्तिम आठमा स्थान बनाएको हो ।

पहिलो लेगमा २–० ले पछि रहेको युभेन्टसले घरेलु मैदानमा खेलको २७ औं मिनेटमा रोनाल्डोले हेडर गोलमार्फत टिमका लागि पहिलो गोल गरे ।

पहिलो हाफमा एक गोलमात्र गरेको युभेन्टसले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । ४८ औं मिनेटमा पुनः रोनाल्डोले नै युभेन्टसका लागि गोल गर्दै खेल २–० को अवस्थामा पुर्याए । जसका कारण खेल समग्रमा २–२ का अवस्थामा पुग्यो ।

८५ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीमाथि डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई रोनाल्डोले नै गोल गर्दै ह्याट्रिक पूरा गरे । जसका कारण युभेन्टस च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्न सफल भयो । रोनाल्डोका कारण एट्लेटिकोले पहिलो लेगको २–० गोलको अग्रता खेर फाल्यो ।

          March 13, 2019 10:42 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...