Monday 24th February 2025

म्याच प्रिभ्युः कतै रियल मड्रिड झै बार्सिलोना पनि च्याम्पियन्स लिगबाट बाहिरिने त होइन

6 years अगाडी

काठमाडौँ, २९ फागुन । बार्सिलोनाको घरेलु मैदानमा हुने खेलमा लियोन उच्च मनोबलका साथ खेल्ने अपेक्षा लिइएको छ ।कतै बार्सिलोनाको पनि रियल मड्रिडको झै नियति हुने त होइन भन्ने अनुमान पनि गरिएको छ ।

बार्सिलोनाको घरेलु मैदानमा खेल्न त्यति सहज नहुने समिक्षकहरु बताउँछन् ।यस सिजन उच्च फर्ममा रहेको बार्सिलोना तीनवटै उपाधि जित्ने दाउमा रहेको छ ।

लियोनलाई पराजित गर्न प्रशिक्षक भल्भडरले कुनै पनि कसर बाँकी नराख्ने समिक्षकहरु बताउँछन् ।यस सिजन ला लिगामा पनि ७ अंकको अग्रता बनाएको बार्सिलोना च्याम्पियन्स लिगमा पनि उत्कृष्ट खेल देखाउने रणनीतिमा रहेको छ ।

बार्सिलोनाको डिफेन्स लाइनमा पनि सुधार आएको समीक्षकहरु बताउँछन् । लियोनको काउन्टर खेललाई कसरी मात दिनेछ त्यो भने चासोको विषय भएको छ । यस सिजन बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि दिलाउन खेलाडीहरु नै उच्च मनोबलमा तयार रहेको बताइएको छ ।

          March 13, 2019 1:50 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...