पूर्वप्रेमिमकासँग च्याट गर्दै थिए निक, प्रियंकाले रंगेहात समातेपछि
मुम्बई। तीन महिनाअघि मात्रै विवाह बन्धनमा बाधिँएका बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस विवाहपछि अमेरिकामा बस्दै आएका छन् ।
प्रियंका केही दिनअघि भाइको विवाहको कार्यक्रममा भारत आउकी थिइन् । सञ्चार माध्यमहरुमा विभिन्न कारणले चर्चामा आइरहेका यो जोडीको फेरि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
भाइरल हुनुको मुख्य कारण यतिवेला चाहिँ निककी पूर्वप्रमिका माइली साइरस हुन् । निकको र माइलीको सम्बन्ध प्रियंकासँग भेट्नुभन्दा अगाडिको हो ।
उनीहरु एकअर्कासँग डेट गरिरहेका थिए । माइलीले केही दिन अगाडि निकलाई इन्स्टाग्राममा एउटा तस्बिर पठाइन् । फोटो माइली र उनकी बहिनीको थियो ।
तस्बिरमा माइलीले जोनसको तस्बिर भएको टिसर्ट लगाएकी छिन् । त्यसपछि उनले निकले दिएको रिप्लाईसहितको स्क्रीनशट फेरि अपलोड गरिन् ।
फोटो सेयर गर्दै माइलीले ‘जब तपाईका पूर्वप्रेमीलाई थाहा होस् कि पुरानो फोटो हट थियो’ भनेर लेखिन् । फोटोको कमेन्टमा निकले ‘यो तस्बिर निकै हट छ’ भनेर लेखेका छन् । जब यो सबै प्रियंकाले देखिन् उनले पनि फोटोमा कमेन्ट गर्दै लेखिन्, ‘हाहाहा… ‘हबी’ सही हो । यो फोेटो वास्तवमै हट छ ।’
March 15, 2019 2:38 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर