

एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित
6 years अगाडी
Susma Dhakal

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग दुई शून्यले पराजित भएको छ । एथ्लेटिक बिल्बाओको मैदानमा भएको खेलमा पाहुना टिम मड्रिडले पहिलो हाफमा गोल गर्दै निकै मौका पाए पनि सकेन । दोस्रो हाफमा भने एथ्लेटिक बिल्बाओले आक्रामक फुटबल खेल्दै दुई गोल गर्न सफल भयो । जसका कारण एट्लेटिको स्तब्ध बन्यो ।
खेलको ७३ औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै टिमलाई अग्रता दिलाए भने ८५ औं मिनेटमा केनन कोद्रोले एथ्लेटिक बिल्बाओको अग्रता दुई शुन्यमा पुर्याए ।
तर त्यसपछि मड्रिड खेलमा खेलमा फर्कन सकेन र सिजनको चौथो हार ब्यहोर्याे । यो हारले उसलाई शिर्ष स्थानको बार्सिलोनासँग दूरी कम गर्ने अवसर गुमेको छ । बार्सिलोनाको २७ खेलबाट ६३ अंक छ भने एट्लेटिको मड्रिडको २८ खेलबाट ५६ अंक छ । तेस्रो स्थानको रियलको ५४ अंक छ ।
March 17, 2019 10:39 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित
Loading...

