आफ्ना ड्राइभर र सहयोगीलाई घर किन्न आलियाले दिइन् १ करोड
काठमाडौं । आलिया भट्टको व्यक्तिगत र व्यवसायिक जीवन दुवै एकदमै शानदार छ । एकपछि अर्को हिट फिल्म दिइरहेकी आलिया बलिउडकी चर्चित नायिकामध्येकी एक हुन् । आलिया पछिल्लो केहीसमयदेखि रणबीर कपूरसँगको सम्बन्धको कारण पनि चर्चामा छिन् । दुबैको परिवार पनि उनीहरुको सम्बन्धलाई लिएर एकदमै सकारात्मक नै देखिएका छन् । तर अहिले भने आलिया एउटा अर्कै कुराले चर्चामा आएकी छन् ।
आलिया भट्टको जिन्दगीमा उनको पिता महेश भट्ट, मेन्टर करण जोहर र ब्वाइफ्रेन्ड रणबीर कपूर सबैभन्दा महत्व राख्छन् । तर यी तीनजनाको अलावा अर्को एक जना पनि छन्, जसको लागि आलिया जे पनि गर्न सक्छिन् । हालै आलियाले त्यस कुराको साबित गरेकी छिन् । यी व्यक्ति अरु कोहि नभएर आलिायाका ड्राइभर सुनील र उनका सहयोगी अमोल हुन् ।
जब आलियाले आफ्नो करियर २०१२ मा शुरु गरिन्, त्यतिबेला देखिनै उनीहरु आलियाको साथमा छन् । आलियाले यी दुई व्यक्तिलाई परिवारको सदस्य नै मान्छिन् । त्यसकारण उनले घर किन्नको लागि सुनील र अमोललाई ५०–५० लाख भारतीय रुपैयाँ दिइन् । भारतीय मिडियाका अनुसार सुनील र अमोलले मुम्बईको जुहू र खार क्षेत्रमा १ बिएचकेको घर बुक गरिसकेका छन् ।
March 19, 2019 1:37 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर