कपिल शर्मा शोमा देखिइन् पूर्व मिस नेपाल निकिता चण्डक, हेर्नुहोस् भिडियो
काठमाडौं – चर्चित भारतीय कमेडियन कपिल शर्माको कार्यक्रम ‘द कपिल शर्मा’ शोलाई बलिउड सेलिब्रेटीहरूले आफ्नो फिल्मको प्रचार गर्ने थलो बनाएका छन्। बलिउड कलाकार तँछाडमँछाड गर्दै पुग्ने कपिलको शोमा एक नेपाली सेलिब्रेटी पुगेकी छिन् । यसरी पुगेकी हुन् पूर्व मिस नेपाल निकिता चण्डक ।
हालै अभिनेता बिराज भट्टले निर्माण र निर्देशन गर्न लागेको चलचित्र ‘साङ्लो’ साइन गरेकी निकिताले कपिल शर्मा शोका चर्चित कमेडियन किकु शारदाले आफूलाई शोमा निमन्त्रणा गरेको जानकारी दिएकी थिइन्। उनले आफ्नो सामाजिक सञ्जालमा किकु शारदासँगको एक तस्बिर शेयर गर्दै भनेकी थिइन् ‘मलाई कपिल शर्मा शोमा बोलाएकोमा किकु शारदा सरलाई धन्यवाद।’
निकिताले सामाजिक संजालमा पोस्ट शेयर गरेसँगै उनी शोमा कसरी जाने भन्ने कौतुहलता छाएको थियो किनकि शोमा मुख्य अतिथि मात्र होइन दर्शक पनि निमन्त्रणा पाएपछि मात्र जान पाउँछन् । अहिले भने त्यो रहस्य खुलेको छ । निकिता मुख्य अतिथि होइन दर्शकको रुपमा शोमा पुगेकी छिन् । १६ मार्चमा प्रसारण भएको यो एपिसोडमा निकिता दर्शक दीर्घामा देखिन्छिन् । हेर्नुहोस् भिडियो
March 20, 2019 12:53 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो