कपिल शर्मा शोमा देखिइन् पूर्व मिस नेपाल निकिता चण्डक, हेर्नुहोस् भिडियो
काठमाडौं – चर्चित भारतीय कमेडियन कपिल शर्माको कार्यक्रम ‘द कपिल शर्मा’ शोलाई बलिउड सेलिब्रेटीहरूले आफ्नो फिल्मको प्रचार गर्ने थलो बनाएका छन्। बलिउड कलाकार तँछाडमँछाड गर्दै पुग्ने कपिलको शोमा एक नेपाली सेलिब्रेटी पुगेकी छिन् । यसरी पुगेकी हुन् पूर्व मिस नेपाल निकिता चण्डक ।
हालै अभिनेता बिराज भट्टले निर्माण र निर्देशन गर्न लागेको चलचित्र ‘साङ्लो’ साइन गरेकी निकिताले कपिल शर्मा शोका चर्चित कमेडियन किकु शारदाले आफूलाई शोमा निमन्त्रणा गरेको जानकारी दिएकी थिइन्। उनले आफ्नो सामाजिक सञ्जालमा किकु शारदासँगको एक तस्बिर शेयर गर्दै भनेकी थिइन् ‘मलाई कपिल शर्मा शोमा बोलाएकोमा किकु शारदा सरलाई धन्यवाद।’
निकिताले सामाजिक संजालमा पोस्ट शेयर गरेसँगै उनी शोमा कसरी जाने भन्ने कौतुहलता छाएको थियो किनकि शोमा मुख्य अतिथि मात्र होइन दर्शक पनि निमन्त्रणा पाएपछि मात्र जान पाउँछन् । अहिले भने त्यो रहस्य खुलेको छ । निकिता मुख्य अतिथि होइन दर्शकको रुपमा शोमा पुगेकी छिन् । १६ मार्चमा प्रसारण भएको यो एपिसोडमा निकिता दर्शक दीर्घामा देखिन्छिन् । हेर्नुहोस् भिडियो
March 20, 2019 12:53 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता