Monday 24th February 2025

आईपीएल खेल्न सन्दीप दिल्लीमा, दिल्ली क्यापिटल्सको खेल कहिले–कहिले ?

6 years अगाडी

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले मंगलबार इन्डियन प्रिमियर लिग(आईपीएल) को १२ औँ संस्करणअन्तर्गत लिग चरणको पूरा खेलतालिका सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक खेलतालिकाअनुसार आईपीएलको पहिलो खेल मार्च २३ मा चेन्नईकाे एमए चिदम्बरम स्टेडियममा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुनेछ ।

त्यस्तै समूह चरणको अन्तिम खेल भने मे ५ मा मुम्बईमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच हुनेछ । आउँदो लोकसभा चुनावलाई मध्यनजर गर्दै यस पटक आईपीएलको समयमा परिवर्तन गरिएको छ । खेल भारतीय समयअनुसार बेलुका चार बजे र आठ बजेबाट सुरु हुनेछ ।

प्लेअफको खेलतालिका भने पछि सार्वजनिक गरिने छ । यस पटक आईपीएलको फाइनल चेन्नईमा हुने बीसीसीआईले जनाएको छ । नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्सले यस पटक पहिलो खेल आउँदो आइतबार अर्थात मार्च २४ तारिखका दिन साँझ ८ बजे

मुम्बईमा मुम्बई इन्डियन्ससँग खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेलमा दिल्लीले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपाली क्रिकेटर सन्दीप लामिछाने आईपीएल खेल्न बुधबार दिल्ली गैसकेका छन् ।

दिल्ली क्यापिटल्सको खेलतालिका हेर्नुहोस्

          March 20, 2019 2:13 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...