प्रियंका चोपडा विश्वकै शक्तिशाली महिलाको सूचीमा
7 years अगाडी
Susma Dhakal
एजेन्सी । केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए । अब प्रियंकाको सफलतालाई हेर्दा यो जोडी एकअर्काका लागि भाग्यमानी सावित भएको छ । प्रियंकाले विश्वभरमा मनोरञ्जन क्षेत्रमा उत्कृष्ट ५० मा आफ्नो नाम जमाउन सफल भएकी छन् ।
प्रियंका ‘युएस टूडे’को मनोरञ्जन क्षेत्रको ‘शक्तिशाली ५० महिला’को सूचीमा समावेश भएसँगै उनको चर्चा थप चुलिएको छ । प्रियंकासँगै चर्चित अभिनेत्री ओपरा बिन्फ्रे र मेरिल स्ट्रीप पनि सो सूचिमा छन् ।
त्यस्तै, गायिका बियोन्से, टेलिभिजन स्टार इलन डिजेनेर्स, ओस्कार विजेता जेनिफर लवरेन्स पनि सो सूचीमा छन् । प्रियंकाले सूचीमा समावेश हुन पाउँदा सम्मानित महसुस भएको प्रतिक्रिया दिएकी छन् । भनिन्, ‘अद्भुत महिलाहरुसँग यो सूचीमा अट्न पाउँदा आफूलाई सौभाग्यशाली महसुस गर्दछु ।’
March 21, 2019 11:37 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...