एएफसी यू २३ च्याम्पियनसिप छनोट : नेपालले आज ओमनसँग खेल्दै
एएफसी यू २३ च्याम्पियनसिपको छनोट अन्तर्गत नेपालले शुक्रबार ओमानसँग पहिलो खेल खेल्दैछ । खेल स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि (नेपाली समय अनुसार राति पौने ८ बजे) दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा सुरु हुनेछ ।
सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन् । समूह ए मा नेपालले ओमान, कतार र अफगानिस्तानसँग खेल्नुपर्नेछ ।
११ समूहबाट समूह विजेता र उत्कृष्ट चार उपविजेता गरी १५ टिम तथा आयोजक थाइल्याण्डले एएफसी यू २३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
खेलअघिको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बलिया टोलीविरुद्ध नेपालले दवावरहित भएर खेल्ने बताए । ‘फिफा बरियाता, पूर्वाधार, प्रदर्शन सबै हिसावले ओमान र कतारजस्ता टिम हामीभन्दा बलिया छन्, हामीले हाम्रो शतप्रतिशत दिएर खेल्नेछौं सकारात्मक नतिजाको अपेक्षा गर्छाैँ ।’
प्रशिक्षक महर्जनले खेलाडीहरु स्थानीय नकआउट प्रतियोगितामा व्यस्त रहेका कारण लामो तयारी नभएको जानकारी दिए । प्रतियोगिताका लागि मंगलबार राति कतार आइपुगेको नेपाली टोलीले बुधबार र बिहीबार अभ्यास गरेको छ ।
प्रशिक्षक महर्जनले २३ मध्येबाट उत्कृष्ट ११ तय गर्न कठिन भएको बताए । ‘अभ्यासमा खेलाडीहरुले एक से एक प्रदर्शन गरिरहेका छन्, मलाई सेट तयार पार्न पनि कठिन भइरहेको छ, जुन सकारात्मक कुरा पनि हो,’ महर्जनले भने ।
ओमानका प्रशिक्षक हमाद अजानीले टिममा नयाँ अनुहारको बाहुल्य रहेको र उनीहरु सकारात्मक नतिजाका लागि उत्साही रहेको बताए । ‘छोटो तयारीका साथ हामी प्रतियोगिताका लागि आएका छौं । तर पनि हाम्रा खेलाडीहरु उत्साही छन्,’ उनले भने ।
प्रशिक्षक अजानीले नेपाललाई कमजोर प्रतिस्पर्धीका रुपमा नलिएको प्रष्ट पारे । उनले भने, ‘हामीले एसियन गेम्सका बेला जाकार्तामा नेपालको खेल हेरेका छौं, नेपाल पक्कै पनि कमजोर टिम होइन ।’
बलियो टिम ओमानबिरुद्ध नेपालले स्वभाविक रुपमा रक्षात्मक खेल्नेछ । काउन्टर एट्याक र सेट पिस गोलको अवसरमा नेपालको ध्यान केन्द्रित छ । फिफा बरियातामा नेपाल १ सय ६१ औं स्थानमा छ ।
ओमान नेपालभन्दा ७१ स्थान माथि अर्थात ९० औं स्थानमा छ । यू–२३ को उमेर समूहमा नेपाल र ओमान पहिलोपल्ट आमने सामने हुँदैछन् ।
सिनियर टोलीमा परिचित भए पनि उमेर समूहको शीर्ष टोलीबीच भने नयाँ प्रतिस्पर्धी हुन् । सिनियर स्तरमा भने नेपाल र ओमानबीच १० खेल भएकोमा नेपालले एक खेल पनि जित्न सकेको छैन ।
March 23, 2019 11:19 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)