नेपाली युवकसँग बिहे गर्दै बलिउड अभिनेत्री श्रद्धा कपूर, को हुन् शक्ति कपूरका नेपाली ज्वाइँ?
मुम्बई। बलिवुड अभिनेत्री श्रद्धा कपुर अहिले ब्याटमिन्टन खेलाडी साइना नेह्वालको जीवनीमा आधारित फिल्म छोडेर चर्चामा रहेकी छन् । पछिल्लो समय रिलिज भएको फिल्म स्त्री सुपरहिट भएपछि श्रद्धाले दक्षिण भारतका सुपरस्टार बाहुबली फेम प्रभाससँग गरेको फिल्म साहो रिलिजको तयारीमा रहेको छ ।
.jpg)
केहि समय अगाडी अभिनेता फरहान अख्तरसँग अफयेर्समा रहेकी श्रद्धा अहिले भने एक फोटो ग्राफरसँग अफ्येर्समा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको थियो । बलिवुडका प्रोफेशनल फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको अफयेर्स रहेको रिपोर्टपछि अहिले रोहनसँग घरजम गर्न लागेको मिडिया रिपोर्ट बाहिर आएको छ ।
श्रद्धा आफ्ना बाल्यकालका साथी रोहनसँग विवाहको तयारीमा रहेको डिएनएले लेखेको छ । रोहन नेपाली मूलका हुन् । उनका पिता राकेश श्रेष्ठ नेपाली हुन् जो कामको सिलसिलामा मुम्बई पुगेर उतै स्थापित भएका थिए ।

३३ बर्षिय अभिनेत्री श्रद्धाले अर्को बर्ष अप्रिल, मेसम्म घरजम गर्ने तयारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ । श्रद्धा यस अघि अभिनेता फरहान अख्तर र आदित्य राय कपुरसँगको अफ्येर्समा रहेको बताइएको थियो ।
अहिले श्रद्धाको अफ्येर्स रहेका फोटोग्राफर रोहन बलिवुडका चर्चित फोटोग्राफर राकेस श्रेष्ठका छोरा हुन् । रोहन र श्रद्धाले स्कुल र कलेज सँगै पढेका थिए । रोहन बलिवुडमा अर्जुन कपुर, वरुण धवन, रणवीर सिंह र रणवीर कपुरसँग अत्यन्त नजिक रहेका छन्।
March 23, 2019 11:27 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता