ट्रकको ठक्करबाट एकको मृत्यु
दमौली, ९ चैत : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ८ ख ३५२७ नं को ट्रकको ठक्करबाट ब्यास नगरपालिका–१२ घाँसी कुवामा बिग्रिएर बनाउन राखेको ट्रकलाई ठक्कर दिँदा चितवन टाँडीका सन्तोष राईको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट ठेगाना नखुलेका किरण राई घाइते भएका छन् । उनको दुवै खट्टा र शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
बिग्रिएर बनाउन लागेको ना १ ख ६१६२ नं को ट्रकलाई ना ८ ख ३५२७ नं को ट्रकले ठक्कर दिँदा ट्रक चालक राईको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उक्त ट्रकले सोही ठाउँमा बा १८ च ७७८७ नं को हाइलक्स र ग १६ प ११७५ नं को स्कुटरलाई समेत ठक्कर दिएको थियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध