बन्ने भयो ‘कुली नम्बर वान’ को रिमेक, वरुण धवनका साथ सारा अली खान फाइनल
बलिउड फिल्म निर्देशक डेविड धवनले ‘कुली नम्बर वान’ को रिमेक बनाउने पक्का भएको छ ।सुपरस्टार अभिनेता गोविन्दाको सुपरहिट यस फिल्मको रिमेकमा मुख्य अभिनेताको रुपमा वरुण धवन रहनेछन् भने मुख्य अभिनेत्रीको रुपमा अभिनेत्री सारा अली खानलाई फाइनल गरिएको छ । यस फिल्मको स्क्रिप्ट फरहाद सामजीले लेखिरहेका छन् ।
तिनै फरहादले फिल्म ‘कुली नम्बर वान’ मा सारा अली खान मुख्य अभिनेत्री रहने कुरा बताएका छन् । साथै उनले ‘सिम्बा’ जस्तो सुपरहिट फिल्मपछि सारासँग फेरि काम गर्न पाउदा निकै खुशी रहेको पनि बताएका छन् । यसअघि फरहाद फिल्म ‘सिम्बा’ मा पनि काम गरेका थिए ।
बलिउड फिल्म उद्योगमा वरुण धवनलाई हिट मेसिनको रुपमा हेरिने गरिन्छ । यसअघि वरुणले आफ्ना बुवा डेविड धवनका साथ ‘जुडवा २’ र ‘मे तेरा हिरो’ जस्ता सुपरहिट फिल्म दिइसकेका छन् । अहिले फेरि तेस्रो पटक डेबिड धवन र वरुण धवन एकसाथ काम गरिरहेका छन् ।
यस पटक वरुण धवनले ९० को दशकको सुपरहिट फिल्म ‘कुली नम्बर वान’ को रिमेकमा पनिमा पनि धमाकेदार अभिनय गर्दै दर्शकको मन जित्न सुरमा छन् ।
डेविड धवनले पहिले अभिनेता गोविन्दा र करिश्मा कपूरका साथ फिल्म ‘कुली नम्बर वान’ बनाएका थिए । जुन फिल्म सन् १९९५ मा रिलिज भएको थियो । फिल्म ‘कुली नम्बर वान’ त्यस वर्षको सुपरहिट फिल्म बनेको थियो ।
दर्शकले गोविन्दा र करिश्मा कपूरको अभिनय र कमेडी निकै मन पराएका थिए । अब भने यस फिल्मको रिमेकमा अभिनेता वरुण धवन र सारा अली खानको जोडीलाई हेर्न सकिनेछ ।
March 24, 2019 11:36 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता