युरोकप छनोट : स्पेन र इटालीको जित
युरोकप छनोट अन्तर्गत स्पेनले नर्वेलाई हराएको छ भने इटलीले फिनल्याण्डलाई पाखा लगाएको छ ।डासीया एरिनामा भएको खेलमा इटलीले फिनल्याण्डलाई दुई शून्यले हरायो । एकतर्फी जस्तो बनेको खेलको सातौं मिनेटमा नै इटलीले अग्रता बनायो । उसका लागि बारेलाले गोल गर्न सफल भए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको इटलीले ७४ औं मिनेटमा दोस्रो गोल गर्यो । उसका लागि कीनले गोल गर्दै टिमलाई दुई शून्यले अगाडि राखे । त्यसपछि फिनल्याण्ड खेलमा फर्कन सकेन भने इटलीले केही मौका सिर्जना गरेको थियो सफल भएन ।
अर्को खेलमा पूर्व च्याम्पियन स्पेनले नर्वेलाई दुई–एक गोलले हरायो । स्पेनको भ्यालेन्सियामा भएको खेलको १६ औं मिनेटमा नै रोद्रिगोले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्पेन विरुद्ध ६५ औं मिनेटमा जे किङले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
तर त्यसको ६ मिनेटपछि फेरि स्पेनले अग्रता लियो । नर्वेले फल गरेपछि पाएको पेनाल्टीलाई सर्जियो रामोसले गोलमा परिणत गरे । त्यसपछि दुबै टिमबाट गोल भएन र स्पेनले तीन अंक बटुल्यो ।
March 24, 2019 12:56 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी