Sunday 15th March 2026

दक्षिणकालीबाट पुरानो बसपार्क आउँदै गरेको बस दुर्घटना, २४ जना घाइते

7 years अगाडी

काठमाण्डौ – चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कबाट दक्षिणकाली रुटमा चल्ने ना ३ ख १४४४ नं को यात्रुवाहक बस मंगलबार बिहान ७ बजे चाल्नाखेलमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । 

          March 26, 2019 10:22 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...