Sunday 8th March 2026

आज घट्यो सुनको भाउ, तोलाको कति ?

7 years अगाडी

काठमाडौं । आज मंगलबार सुनको मूल्य ओरालो लागेको छ। आज सुन सोमबारको तुलनामा  १ सय रुपैयाँले घटेको हो। 

आज छापावाल सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तैगरी आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य यथावत रहेको छ। आज चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ। 
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          March 26, 2019 11:39 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...