नेपाल प्रहरीकै पेजमा राति यस्ता अश्लिल तस्विर पोष्ट भएपछि
काठमाडौ । अहिले नेपालमा सामाजिक सञ्जाल एकदमै असहज बन्दै गएको छ । एक नेतासँग अर्को नेताको फोटो सम्पादन गरेर होस वा अन्य कुनै कारणले होस नेपालमा सामाजिक सञ्जालको गलत प्रयोग भइरहेको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा हिजो बेलुका साढे ८ बजे प्रोफाइल र कभर तस्विर अचानक परिवर्तन भएको देखियो ।
२०१६ पछि सोमबार पहिलो पटक एक्टिभ देखिएको यो फेसबुक पेजमा एकाएक अश्लिल तस्विर पोस्ट भएपछि गोरखा प्रहरी पनि हैरान भएको छ । प्रहरीसँग यो फेसबुक पेजको पासवर्ड नरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका असई महेन्द्र चौधरीले जानकारी दिनुभयो ।
उहाँले सोमबार साँझ यो घटना भएको भन्दै मंगलबार यो विषयमा छानविन हुने बताउनुभयो । यो फेसबुक पेज धेरै पहिला बनेको हुँदा त्यसपछि सरुवा भएर धेरै प्रहरी अधिकारी गइसकेकाले यसको पासवर्ड जिप्रकासँग नरहेको उहाँको दावी रहेको छ । जिल्ला प्रहरी कार्यालयको नाममा रहेको फेसबुक पेज अरुले चलाएको हुनसक्ने जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पेजमा यस्तो देखिएपछि तनाब हुन थालेको छ । रातभरि सुत्न पनि पाएको छैन’ उहाँले अगाडी थप्दै भन्नुभयो, ‘विभिन्न ठाउँबाट फोन आइरहेका छन् ।
हामी निरन्तर त्यसलाई हटाउन र कसले यस्तो गर्यो भनेर पत्ता लगाउन लागिपरेका छौं ।’ सिआईबीको समेत प्रयोग गरिएको छ र अहिले यो पेज फेसबुकमा देखिएको छैन ।
March 26, 2019 12:43 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता