युएइमा नेपाली ब्यावसायी द्वारा सन्चालित तीन ट्राभल्स मर्ज
यूएई, मार्च२३ – यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापुर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका छन् ।
बरदुवईमा सञ्चालित शुभयात्रा ट्राभल एन्ड टुरिजम, काठमाडौं ट्राभल एन्ड टुरिजम र अल जजिरा अल तविला टुरिजम एलएलसी आपसमा गाभिएर शुभयात्रा ट्राभल एन्ड टुरिजमको ब्यानरमा कारोबार शुरु गरेको सन्चालक मध्येका एक तोयम चौलागाईं (तोया) ले बताएका छन् ।
शुभयात्राका सन्चालकहरु तोया चौंलागाईं, कृष्ण भट्टराई र डिल्ली मैनाली, काठमाडौं ट्राभलका सञ्चालक सूर्य गिरी र अल जजिरा अल तविलाका सञ्चालक भगवान रुपानी युएईको नेपाली ट्राभल व्यावसायको क्षेत्रमा स्थापित नाम हुन् । यी स्थापित तीन व्यावसायिक समूह मिलेर एक भएर व्यवसाय सञ्चालन गर्न सहमत भएका हुन्
।
करिब ३ महिनाको बृहत छलफलपछि फुटेर भन्दा जुटेर व्यवसाय गर्दा व्यावसायिक भविष्यमा सुनिश्चित हुने र ग्रुप अफ कम्पनी सञ्चालन गर्न सकिने भन्दै तीन कम्पनी मर्ज गरिएको व्यवसायी तोया चौलागाईंले जानकारी दिएका छन् ।
‘एउटै ठाउँमा एउटै प्रकृतिका व्यवसाय गर्दा अस्वस्थ प्रतिस्पर्धा हुने भएकाले मिलेर काम गर्न एक भएका हौं,’ व्यवसायी सूर्य गिरीले जानकारी दिएका छन् । तीनवटा ट्राभल मर्ज भएपछि बरदुबइमा शुभयात्राको नामबाट कार्यालय राखी कारोबार सुचारु गरिएको छ ।
सोही समुहले अबुधाबी र दुबईको डिआईपी लगायतका क्षेत्रमा शाखा स्थापना गरी नेपालीहरुलाई हवाई टिकट, होटल बुकिङ, ट्राभल प्याकेज, भिजिट भिसा सस्तो दरमा उपलब्ध गराउने बताइएको छ ।
युएईको व्यावसायिक इतिहासमा यो एकतालाई निकै महत्त्वका साथमा हेरिएको छ । एकै प्रकृतिका व्यावसायिक समुहको मिलनलाई धेरैले अर्थपुर्ण रुपमा दिदै सफलताको शुभकामना दिएका छन् ।
March 26, 2019 2:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता