सांसदका चासो वास्तै गर्दैनन् मन्त्री, डेढ सय प्रश्नमा १९ वटाको मात्र जवाफ
काठमाडौँ, १३ चैत । सांसदले सोधेका प्रश्नको जवाफ नै नदिई मन्त्रीहरू भाग्ने गरेका छन्। मन्त्रीले कतिपय प्रश्नको जवाफ नै नदिने र दिए पनि चित्तबुझ्दो नहुने सांसदहरूको गुनासो छ ।
प्रतिनिधिसभाको प्रश्न व्यवस्थापन शाखाका अनुसार आइतबार सकिएको तेस्रो अधिवेशनमा १ सय ४७ वटा मौखिक प्रश्न दर्ता भएका थिए । यसमध्ये मन्त्रीले १९ वटा प्रश्नको मात्र जवाफ दिएका थिए । योे अधिवेशनमा गृहमन्त्रीलाई २२ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई २१ वटा प्रश्न सोधिएका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सोधिएको एउटा प्रश्न अस्वीकृत भएको थियो । धेरैजसो प्रश्न निर्मला पन्त हत्या काण्ड, मेलम्ची खानेपानी आयोजना, सरकारको सुखी नेपाली समृद्ध नेपालको नाराको कार्यान्वयन, शान्ति सुरक्षालगायतका थिए। रक्षा मन्त्रालयलाई एउटा मात्र प्रश्न गरिएको थियो ।
March 27, 2019 10:52 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता