२४ करोड पारिश्रमिक लिँदै कंगना बनिन् बलिउडकै सबैभन्दा महंगी अभिनेत्री
बलिउड अभिनेत्री कंगना रनावतले भारतीय राजनीतिज्ञ तथा अभिनेत्री जय ललिताको बायोपिक गर्ने घोषणा गरेकी छिन् ।
कंगना रनावतलाई यस फिल्मका लागि २४ करोड रुपैयाँ पारिश्रमिक अफर गरिएको छ । यससँगै अभिनेत्री कंगना रनावत बलिउड फिल्म उद्योगकै महंगी अभिनेत्री बनेकी छिन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म निर्माताहरुलाई कंगनामाथि पूर्ण विश्वास भएका कारण उनलाई यति धेरै पारिश्रमिक दिनमा कुनै पनि आपत्ति नरहेको बताइएकाे छ ।
यस अघिका ‘तनु वेड्स मनु’ र ‘क्वीन’ जस्ता फिल्म हिट भएसँगै कंगनाले आफ्नो पारिश्रमिक ११ करोड पुर्याएकी थिइन् ।
तर त्यसपछिका फिल्म ‘सिमरन’ र ‘रंगुन’ फ्लप भएपछि पारिश्रमिक घटाएकी कंगनाले भर्खरै रिलिज भएको फिल्म ‘मणिकर्णिका’ हिट भएपछि फेरि पारिश्रमिक बढाएकी हुन् । बलिउडमा पहिलो पटक एउटा फिल्मका लागि कुनै अभिनेत्रीलाई २४ करोड रुपैयाँ पारिश्रमिक दिइँदैछ ।
यस अघि अभिनेत्री दीपिका पादुकोणलाई फिल्म ‘पद्मावत’ का लागि १३ करोड रुपैयाँ दिइएको थियो । यस्तै अभिनेत्री करीना कपूर खानले फिल्म ‘विरे दी वेडीङ’ का लागि ७ करोड रुपैयाँ लिएकी थिइन् भने अहिले उनले आफ्नो पारिश्रमिक बढाएर १० करोड पुर्याएकी छिन् ।
यस्तै हलिउडमा समेत पहिचान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडाले ६ करोड रुपैयाँ मात्रै लिएकी छिन् ।
तामिल तथा बलिउड फिल्मकी अभिनेत्री समेत रहिसकेकी जया ललिताको जीवनमा आधारित फिल्म ‘जया’ को निर्देशन एएल विजयले गर्नेछन ।
यस फिल्मको स्क्रिप्ट ‘बाहुबली’ र ‘मणिकर्णिका’ को कहानी लेखिसकेका लेखक केवी विजयन्द्र प्रसादले लेखेका हुन् ।
यस फिल्मका लागि कंगना भन्दा अभि अभिनेत्री विद्या वालन र ऐश्वर्या राय बच्चनलाई अफर गरिएको थियो । तर अन्त्यमा अभिनेत्री कंगना रनावतले बाजी मारेकी छिन् ।
March 27, 2019 11:27 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो