Wednesday 3rd June 2026

आजबाट बेनीमा निःशुल्क बृहत् योग शिविर शुरु

7 years अगाडी

म्याग्दी । गण्डकी प्रदेशको स्वास्थ्य जीवन अभियानअन्तर्गत बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा निःशुल्क बृहत् योग शिविर शुरु भएको छ। 

सामाजिक विकास मन्त्रालय र नवीन आनन्द योग केन्द्रको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने शिविरमा योगाभ्यास, विशेषज्ञ आयुर्वेद स्वास्थ्य उपचार, मधुमेह, बाथ, मुटु, मिर्गौला र मोटोपनासम्बन्धी रक्त परीक्षण सेवा पनि दिइने भएको छ। 

शिविरको उद्घाटन कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुनले नसर्ने रोगको जोखिम न्युनीकरणका लागि योगाभ्यासलाई आम नागरिकको पहुँचसम्म पुर्याउनुपर्ने बताए।

नसर्ने रोगबाट बच्नका लागि स्वस्थ जीवनशैली, खानपान र योगाभ्यास आवश्यक रहेको उनको भनाइ थियो। 

योगी विकासानन्दले सहजीकरण गर्नुहुने शिविरमा बेनी बजारका बासिन्दा, व्यापारी, व्यवसायी, कर्मचारी, राजनीतिज्ञको सहभागिता छ। 

          March 27, 2019 12:35 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...