Tuesday 23rd December 2025

फिफा विश्व कपको यस्तो क्रेज, जापानी फ्यानको व्यवहारबाट हर कोही अचम्मित

7 years अगाडी

जापानी फ्यानमा फिफा विश्व कपको क्रेज यस्तो लागेको छ कि यो सँग सम्बन्धित एक अचम्मको मामला जापानको राजधानी टोकियोबाट आएको छ । जापान र कोलम्बियाबीच मंगलबार भएको म्याच यति रोचक भएको कि फ्यान शौचालय जान छोडेर पनि यो खेल हेरेर बसिरहेका थिए । जब खेलको मध्यान्तर भयो उनीहरुको व्यवहारले सबैलाई आश्चर्यमा पर्यो ।लामो समयदेखि शौचालय जान छोडेर बसेका फ्यान मध्यान्तरमा एकै पटक शौचालय प्रयोग गर्न थाले पानीको प्रयोग सामान्य भन्दा २४ प्रतिशतले बढ्यो । यो जानकारी टोकियोको जल विभागले दिएको हो ।जल विभागका अनुसार ४५ मिनेटसम्मको खेलमा फ्यानहरुले खानुत परै जाओस् शौचालय जाने विषयलाई समेन अटेरी गरेर बसेका थिए । तर मध्यान्तर तथा खेल समाप्त भएपछि अधिकतम शौचालयको प्रयोग गरेकाले पानीको माग आवश्यकता भन्दा बढी भएको थियो ।

जापानका यूया ओसाकोले जब गोल गरेर खेल समाप्त गरे तब फ्यानको वासरुममा भागदौड सुरु भयो । यसै कारणले पानीको प्रयोग ५० प्रतिशत भन्दा बढीले भयो । विभागले पनि पहिलेनै आइतबार हुने जापान र सेनेगलबीचको खेलमा पानी आवश्यकता भन्दा बढी प्रयोग हुने बताइसकेको छ । यो संकटबाट मुक्ति प्राप्त गर्नका लागि पहिलेदेखिनै यसको तयारी भइरहेको बताइएको छ ।विभागले आइतबार हुने जापान र सेनेगलबीचको खेलको समयमा पानीको आपूर्ति गर्न पुरै प्रयास गर्ने जनाएको छ । यो अवस्था टोकियोमा मात्रै नभई जापानका अन्य सहरहरुमा पनि हुने देखिएको छ ।

          June 28, 2018 12:08 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...