फिफा विश्व कपको यस्तो क्रेज, जापानी फ्यानको व्यवहारबाट हर कोही अचम्मित
जापानी फ्यानमा फिफा विश्व कपको क्रेज यस्तो लागेको छ कि यो सँग सम्बन्धित एक अचम्मको मामला जापानको राजधानी टोकियोबाट आएको छ । जापान र कोलम्बियाबीच मंगलबार भएको म्याच यति रोचक भएको कि फ्यान शौचालय जान छोडेर पनि यो खेल हेरेर बसिरहेका थिए । जब खेलको मध्यान्तर भयो उनीहरुको व्यवहारले सबैलाई आश्चर्यमा पर्यो ।लामो समयदेखि शौचालय जान छोडेर बसेका फ्यान मध्यान्तरमा एकै पटक शौचालय प्रयोग गर्न थाले पानीको प्रयोग सामान्य भन्दा २४ प्रतिशतले बढ्यो । यो जानकारी टोकियोको जल विभागले दिएको हो ।जल विभागका अनुसार ४५ मिनेटसम्मको खेलमा फ्यानहरुले खानुत परै जाओस् शौचालय जाने विषयलाई समेन अटेरी गरेर बसेका थिए । तर मध्यान्तर तथा खेल समाप्त भएपछि अधिकतम शौचालयको प्रयोग गरेकाले पानीको माग आवश्यकता भन्दा बढी भएको थियो ।
जापानका यूया ओसाकोले जब गोल गरेर खेल समाप्त गरे तब फ्यानको वासरुममा भागदौड सुरु भयो । यसै कारणले पानीको प्रयोग ५० प्रतिशत भन्दा बढीले भयो । विभागले पनि पहिलेनै आइतबार हुने जापान र सेनेगलबीचको खेलमा पानी आवश्यकता भन्दा बढी प्रयोग हुने बताइसकेको छ । यो संकटबाट मुक्ति प्राप्त गर्नका लागि पहिलेदेखिनै यसको तयारी भइरहेको बताइएको छ ।विभागले आइतबार हुने जापान र सेनेगलबीचको खेलको समयमा पानीको आपूर्ति गर्न पुरै प्रयास गर्ने जनाएको छ । यो अवस्था टोकियोमा मात्रै नभई जापानका अन्य सहरहरुमा पनि हुने देखिएको छ ।
June 28, 2018 12:08 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)