पाँच अर्बको रिपो बिक्री गर्दै नेपाल राष्ट्र बैंक
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले नियमितरुपमा नै रिपो तथा ट्रेजरी बिल बिक्री गर्दै आएको छ । यही क्रममा बिहीबार पनि बैंकले पाँच अर्ब रुपैयाँ बराबरको रिपो बिक्री गर्ने भएको छ ।
बैंकले एक सूचनामार्फत रिपो बोलकबोल गर्ने जनाएको छ । एक साता अवधिका लागि बिक्री गर्न लागिएको रिपो खरिदका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकले सहभागिता जनाउन सक्ने सूचनामा उल्लेख छ ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो बिक्री गर्ने गरिन्छ ।
नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा लगातार रुपमा ट्रेजरी बिल तथा रिपो बिक्रि गर्दै आइरहेको छ । यसअघि गएको सोमबार मात्रै बोलकबोल प्रक्रियाबाट १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्ने सूचना जारी गरेको थियो ।
March 28, 2019 9:19 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता