आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना
काठमाडौँ, १५ चैत । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको हो । पश्चिमी न्यून चापीय प्रणालीका साथ स्थानीय वायुको समिश्रणले मौसम बदली र वर्षा गराएको महाशाखाका मौमसविद् सुवास रिमालले बताए ।
उनका अनुसार शनिबार रातिबाट देशको पश्चिमी भेगबाट प्रवेश गर्ने पश्चिमी न्यूनचाँपीय प्रणालीले बदली र वर्षा गराउनेछ । उक्त प्रणालीले खासगरी शनिबार र आइतबार बढी असर गर्ने देखिएको छ । ठूलो खालको प्रणाली विकसित नभए पनि बदली र मेघ गर्जनसहित क्षणिक वर्षा गराउनेछ ।
आज दिउँसो पूर्वी भेगलगायत मध्य र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने पूर्व, मध्य र पश्चिमी पहाडी भेगका एक दुई स्थानमा मध्याह्नपछि वा साँझतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । मध्य र पूर्वी हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातको समयमा पनि पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमका थोरै स्थान र मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहितको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार पनि पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने र पूर्वी पहाडी भेगका थोरै स्थान र मध्य तथा पश्चिमका पहाडी भेगका एक÷दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पूर्वी र मध्य पहाडी क्षेत्रमा सामान्य बदली हुनुका साथै क्षणिक वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी यही चैत १७ गते आइतबार पूर्वी र मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानको मौसम आंशिक बदली रहनेछ । पूर्वी र मध्यपहाडी स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना छ । आज काठमाडौँको न्यूनतम १४ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ । रासस
March 29, 2019 12:28 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता