एक सय दिन अघि बेपत्ता भएका भनिएका वडाध्यक्षले यस्तो भन्दै गरे फोन
सन्धिखर्क, १५ चैत । अर्घाखाँचीको मालारानी गाउँपालिका २ का वडाअध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) एक सय दिनपछि सम्पर्कमा आएका छन् । उनी सय दिन देखि बेपत्ता थिए । सय दिन पछि उनले फोन गर्दै आफु सकुशल रहेको बताएका छन् । शुक्रबार बिहान बुटबलबाट फोन गरेर आफू सकुशल रहेको जनाएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए।
उनी सकुशल रहेको बाहेक उनका बारेमा थप जानकारी नभएको उनले बताए । उनी किन कहाँ र के कामका लागि सम्पर्क विहिन भएका थिए भन्ने बारेमा अझै खुलेको छैन । उनी भारतमा गएर बसेको हुनसक्ने अनुमान गरिएको छ। तर किन र केका लागि वा कुन समस्याले भन्ने थाहा हुन सकेको छैन।
पुस २ गते मालारानी २ डाडाकटेरीस्थित घरबाट वडा कार्यलयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका थिए। गोरुसिंगेसम्म बस चढेर गएको देखिए पनि त्यसपछि उनी कता लागे भन्ने थाहा हुन सकेको थिएन । प्रहरीले उनी जान सक्ने सम्भाब्यता भएका स्थानका सिसी टिभी क्यामेरा जँच गर्ने लगायत मोवाइल समेत ट्रयास गरेको थियो ।
आफन्तले भनेको आधारमा कपिलवस्तुको बहादुर गञ्जको प्लाइ उद्योग, कृष्ण नगर नाकाको सीसी क्यामेराको फुटेज, बुटबल भैरहवालगायत गोरुसिंगे सन्धिखर्क सडकको जंगलमा समेत सर्च गरिएको तर उनको अवस्था पत्ता लगाउन सकिएको थिएन।
निज बिनोदले चलाउने गरेको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा बनाउन दिएर उनी वेपत्ता भएका थिए।उनको मोबाइल समेत बसमा खसालेकाले बसका चालकमार्फत मोबाइल परिवारले मोबाइल पाएका थिए। पुस २ गते पालिका अध्यक्ष बालकृष्ण आचार्य, वडा सदस्य लिलबहादुर पाण्डे र विनोदकी श्रीमति फोन गर्दा उनले फोन उठाएका थिएनन्।
March 29, 2019 1:24 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता