Sunday 15th March 2026

बाराको जितपुरमा प्रहरी र विद्यार्थीबीच झडप, आक्राेशित विद्यार्थीले प्रहरी भ्यान जलाए

7 years अगाडी

बारा – बाराको जितपुरमा प्रहरी र विद्यार्थीबीच झडप भैरहेको छ।झडपका कारण जितपुर बजार क्षेत्र अहिले तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले झण्डै १५/१६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

एसईई परीक्षा स्थगित गरेको विरोधमा प्रदर्शनमा उत्रेका विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेपछि स्थिति तनावग्रस्त बनेको हो। आक्रोशित विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको ना१ झ ७१२ नम्बरको भ्यानमा आगजनी गरेका छन।

अहिले पनि प्रहरी र विद्यार्थीबीच झडप भैरहेको छ। प्रहरीले केही राउन्ड हवाई फायर गरेको स्थानीयले बताए पनि पुष्टि हुन सकेको छैन। प्रहरी उपरीक्षक सानुराम भट्टराई कुनै प्रतिक्रिया दिन मानेका छैनन। यसअघि कलैयामा प्रहरी र विद्यार्थीबीच झडप हुँदा एकजना प्रहरी घाइते भएका थिए।

          March 30, 2019 1:29 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...