तिर्थालु बोकेको गाडी दुर्घटनाग्रस्त ५ जनाको मृत्यु
काठमाडौं । नेपालबाट गएको एक पर्यटक बसको ठक्करबाट पाँच भारतीय नागरीकको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुको अनुसार शनिबार बिहान भारतको उत्तर प्रदेशको पिलिभिटमा एक कारलाई ठक्कर दिँदा पाँच जना भारतीयको ज्यान गएको हो ।
भारतीय सञ्चारमाध्यमले केही नेपाली यात्रुहरू पनि घाइते भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै लेखेको । उक्त घटना उत्तर प्रदेशको खमारिया गाउँको पिलिभिट–बरेली सडकमा भएको थियो ।
उक्त नेपाली पर्यटक बस भारतीय प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् भने चालक फरार भएका बताइएको छ । गाडी नम्बर भने भारतीय सञ्चारमाध्यमले खुलाएका छैनन् ।
दुर्घटनामा मृत्यु हुनेमा ६० वर्षीय मुन्ने मन्सरी, उनकी पत्नी ५४ वर्षीया मुन्नी बेगम, मन्सरीका जेठान ५५ वर्षीय जमील अहमद, जेठानकी पत्नी ४७ वर्षीया नसरिन बेगम र नसरिनका ज्वाईं २५ वर्षका आजम रहेको प्रहरीले जनाएको छ ।
पिलिभिटका प्रहरी अधिकृत योगेन्द्र कुमारले कार बरेलीतर्फ जान लाग्दा नेपालको पर्यटक बससँग ठक्कर खाएको, आगलागीसमेत भएको र खाल्डोमा परेको जनाएका छन् । उक्त बसमा २४ नेपाली पर्यटक रहेको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ ।
अमर उजालाको अनुसार उनीहरुलाई तत्काल अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउने साथै उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त दुर्घटनमा ५ जना यात्रु पनि घाइते भएका छन् ।
दुर्घटना भएको सुचना पाएलगत्तै प्रहरी र दमकल घटनस्थानमा पुगेको थियो र बसमा लागेको आगो निभाएको थियो । लापर्बाहीका कारण दुर्घटना भएको भन्दै चालकविरुद्ध फस्ट इन्फर्मेसन रिपोर्ट (एफआइआर) दर्ता गरिएको प्रहरीले जनाएको छ ।
March 31, 2019 3:37 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता