Wednesday 27th May 2026

आज झन् घट्यो सुनको भाउ, तोलाको कति ?

7 years अगाडी

काठमाडौं । आज मंगलबार सुनको मूल्य सामान्य रुपमा ओरालो लागेको छ।आज छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुनको मूल्य ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउ सँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ।  आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          April 2, 2019 12:03 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...