लिभरपुल स्टार सलाहले २६ वर्षको उमेरमै सन्यास लिने, विश्वकपमा हार होइन यस्तो छ कारण
इङलिस क्लव लिभरपुलका स्टार खेलाडी तथा इजिप्टको राष्ट्रिय टिमका अत्यन्तै महत्वपूर्ण सदस्य मोहम्मद सलाहले २६ वर्षको उमेरमै सन्यास लिने बताएका छन् । उनले इजिप्टको आफ्नो टिमका साथीहरु र इजिप्ट फुटबल बोर्डका अधिकारीहरुसँग आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने विषयमा रहेको बताएका छन् ।
सलाह चेचेन्याले आफूलाई राजनीतिक प्रतीकको रुपमा प्रयोग गरेको भन्दै रिसाएका छन् । विश्वकपको क्रममा इजिप्टको बेस क्याम्प चेचेन्यामा थियो । त्यतिबेला चेचेन्याका प्रमुख रमजान कादिरोवले आफूलाई राजनीतिक अस्त्रको रुपमा प्रयोग गरेको उनको ठहर छ । चेचेन्या रुसकै एक रिपब्लिक हो जसले रुससँग छुट्टिन चाहिरहेको छ । यस क्रममा भएका विद्रोहमा चेचेन्याका प्रमुख रमजान कादिरोवमाथि मानव अधिकार उल्लंघनको धेरै आरोप लागेका छन् ।
इजिप्ट फुटबल महासंघका प्रवक्ता ओसामा इस्माइलले भने सलाहले यस विषयमा महासंघसँग कुनै गुनासो नगरेको बताएका छन् । उनले भने ‘सलाह आफ्नो ट्वीटरमा जे लेख्छन् त्यसलाई नै सही मान्नुपर्छ । सलाह टिमसँग खुसी छन् र ट्रेनिङ गरिरहेका छन् ।’ सलाहका नजिकका दुई व्यक्तिले उनी रमजान कादिरोवको व्यवहारबाट रिसाएको बताएका थिए । रमजानले इजिप्टको टिमका लागि डिनर आयोजना गरेका थिए जहाँ सलाहलाई मानार्थ नागरिकता दिइएको थियो ।
चेचेन्याका प्रमुख कादिरोवमाथि धेरै आरोप लागेका कारण उनी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवी सुधार्ने प्रयासमा रहेको मिडिया रिपोर्टमा दावी गरिएको छ । यही कारण उनले इजिप्टको फुटबल टिमलाई डिनरमा आमन्त्रण गरेको रिपोर्टमा दावी गरिएको छ । डिनरपछि कादिरोवसँग सलाहको फोटो सार्वजनिक भएको थियो जुन फोटोको निकै आलोचना भयो । यसलगत्तै सलाहले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन लागेको खबर आएको थियो । एजेन्सी
June 28, 2018 2:25 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)