Tuesday 23rd December 2025

लिभरपुल स्टार सलाहले २६ वर्षको उमेरमै सन्यास लिने, विश्वकपमा हार होइन यस्तो छ कारण

7 years अगाडी

इङलिस क्लव लिभरपुलका स्टार खेलाडी तथा इजिप्टको राष्ट्रिय टिमका अत्यन्तै महत्वपूर्ण सदस्य मोहम्मद सलाहले २६ वर्षको उमेरमै सन्यास लिने बताएका छन् । उनले इजिप्टको आफ्नो टिमका साथीहरु र इजिप्ट फुटबल बोर्डका अधिकारीहरुसँग आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने विषयमा रहेको बताएका छन् ।

सलाह चेचेन्याले आफूलाई राजनीतिक प्रतीकको रुपमा प्रयोग गरेको भन्दै रिसाएका छन् । विश्वकपको क्रममा इजिप्टको बेस क्याम्प चेचेन्यामा थियो । त्यतिबेला चेचेन्याका प्रमुख रमजान कादिरोवले आफूलाई राजनीतिक अस्त्रको रुपमा प्रयोग गरेको उनको ठहर छ । चेचेन्या रुसकै एक रिपब्लिक हो जसले रुससँग छुट्टिन चाहिरहेको छ । यस क्रममा भएका विद्रोहमा चेचेन्याका प्रमुख रमजान कादिरोवमाथि मानव अधिकार उल्लंघनको धेरै आरोप लागेका छन् ।

 

 

इजिप्ट फुटबल महासंघका प्रवक्ता ओसामा इस्माइलले भने सलाहले यस विषयमा महासंघसँग कुनै गुनासो नगरेको बताएका छन् । उनले भने ‘सलाह आफ्नो ट्वीटरमा जे लेख्छन् त्यसलाई नै सही मान्नुपर्छ । सलाह टिमसँग खुसी छन् र ट्रेनिङ गरिरहेका छन् ।’ सलाहका नजिकका दुई व्यक्तिले उनी रमजान कादिरोवको व्यवहारबाट रिसाएको बताएका थिए । रमजानले इजिप्टको टिमका लागि डिनर आयोजना गरेका थिए जहाँ सलाहलाई मानार्थ नागरिकता दिइएको थियो ।

चेचेन्याका प्रमुख कादिरोवमाथि धेरै आरोप लागेका कारण उनी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवी सुधार्ने प्रयासमा रहेको मिडिया रिपोर्टमा दावी गरिएको छ । यही कारण उनले इजिप्टको फुटबल टिमलाई डिनरमा आमन्त्रण गरेको रिपोर्टमा दावी गरिएको छ । डिनरपछि कादिरोवसँग सलाहको फोटो सार्वजनिक भएको थियो जुन फोटोको निकै आलोचना भयो । यसलगत्तै सलाहले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन लागेको खबर आएको थियो । एजेन्सी

          June 28, 2018 2:25 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...