बारा र पर्सामा आएको हावाहुरीबारे अध्ययन गर्न मौसमविद्सहितको टोली जाँदै
काठमाण्डौ – बारा र पर्सामा धनजनको क्षती हुने गरी आएको हावाहुरीबारे अध्ययन गर्न मौसमविद्सहितको टोली प्रभावित क्षेत्रमा जाँदैछ ।जल तथा मौसम विज्ञान विभागबाट मौसमविद्सहित तीनजनाको टोली बुधबार अध्ययनको लागि प्रभावित क्षेत्रमा जान लागेको हो । टोलीले त्यहाँ अध्ययन सकेर केही दिनमा फर्कने छ ।
आउँदा दिनमा यस्ता हावाहुरीको प्रकोपबाट हुन सक्ने क्षति कम गर्न अध्ययन सहयोगी हुने विभागको विश्वास छ । यस्तै, सोमबार दिउँसोपछि देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव र स्थानीय वायुको असर भएकाले देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणालीको असरले मध्य र पश्चिमको तुलनामा पूर्वको धेरै ठाउँमा पानी पर्नेछ । आजको भन्दा भोलि र भोलिको भन्दा पर्सि मौसम बदली अझ धेरै हुने उहाँको अनुमान छ ।
April 3, 2019 10:34 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध