२ सय १२ किलोग्राम गाँजासहित दुईजना पक्राउ
मकवानपुर – प्रहरीले ठूलो परिमाणको गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । २ सय १२ किलोग्राम गाँजा, गाँजा बोक्न प्रयोग गरिएको पिकअप भ्यान र दुईजनालाई पक्राउ गरेको हो । बिहीबार बिहान प्रहरीले पत्रकार समेलन गरी बरामद गरिएको गाँजा, गाडी र पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ तीनताप्केबाट गाँजा, ना ३ च ३७९६ नम्बरको पिकअप भ्यानसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिङले बताउनुभयो ।
गाँजासहित गाडीका चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ११ बस्ने ३६ वर्षीय रामजस यादव र यही ठाउँका १९ वर्षीय उज्वल गुर्मछाने मगरलाई पक्राउ गरिएको एसपी सिङले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वको टोलीले सुराकीका आधारमा मनहरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको पिकअप भ्यानलाई रोकेर जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो ।
गाडीको पछाडीको ढालामा त्रिपाल राखेर त्रिपालभित्र प्लाष्टिकमा बेरेको अवस्थामा गाँजा राखिएको थियो । पक्राउ परेका दुवैजनालाई प्रहरीले लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतमा मुद्धा दायर गरेको छ ।
April 4, 2019 11:18 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध