Wednesday 3rd June 2026

वैशाखमा ६ र ७ गते देशैभरीका बालबालिकालाइ भिटामिन ‘ए’ खुवाउने कार्यक्रम,

7 years अगाडी

काठमाडौं – सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा सहजीकरण गर्न सबै स्थानीय तहलाइ निर्देशन दिएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले आइतबार सबै स्थानीय तहलाई सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कार्यक्रम सहजीकरणका लागि सबै स्थानीय तहलाई सूचित गरिदिन चैत १३ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो।वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ।

साथै शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण कार्यक्रम रहेको छ।

यी कार्यक्रमका लागि सबै स्थानीय तहबाट सहयोग समन्वय र प्रचारपचारमा सहजीकरण गरी अभियान सफलतापूर्वक संचालन गर्न सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई निदेशन दिएको छ।यस अघि जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम संचालन गर्ने गर्थे। संघीयतापछि देशभरका ७ सय ५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका छन्।

          April 4, 2019 11:42 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...