विश्वकपका लागि न्यूजिल्याण्ड क्रिकेट टिमकाे घाेषणा
इंग्ल्याण्डमा हुने आईसीसी विश्वकप क्रिकेटका लागि न्यूजिल्याण्डले टिमको घोषणा गरेको छ । न्यूजिल्याण्ड क्रिकेट बोर्डले ३० मे देखि १४ जुलाईसम्म आयोजना हुने विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टिमको घोषणा गरेको हो । केन विलियम्सनको कप्तानीमा घोषणा गरिएको टिममा टम ब्लेडलले डेब्यू गर्ने भएका छन् ।
यसअघि राष्ट्रिय टिमबाट कुनै पनि प्रतियोगिता नखेलेको विकेट किपर ब्याट्सम्यान ब्लेडलले सिधै विश्वकपमा डेब्यू गर्ने भएका हुन् । टिम सिफर्ट घाइते भएपछि ब्लडेलले मौका पाएका हुन् ।
यसैगरी न्यूजिल्याण्ड टिमका नियमित सदस्य रहेका तिव्र गतिका बलर डग ब्रेसबल अन्तिम १५ सदस्यीय टोलीमा अटाएका छैनन् । प्रशिक्षक गेरी कस्टनले विश्वकप जस्तो ठूलो प्रतियोगिताका लागि खेलाडी छनोट गर्नु चुनौती रहेको बताएका छन् ।
विश्वकपको पहिलो खेलमा न्यूजिल्याण्डले जुन १ तारिखमा श्रीलंकाविरुद्ध खेल्ने छ । यसैगरी १३ जुनमा न्यूजिल्याण्ड र भारतका बीचमा प्रतिस्पर्धा हुने छ ।
न्यूजिल्याण्डको टिमः
केन विलियम्सन (कप्तान) रस टेलर, मार्टिन गुप्टिल, कलिन मुनरो, हेनरी निकोलस, टम लाथम र टम ब्लेडल (विकेट किपर) जिमी नीशम, मिशेल सेंटनर, कलिन डी ग्रेडहोम, लकी फर्गुसन, टीम साउथी, ईश सोढी र मेट हेनरी ।
April 4, 2019 11:45 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)